• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपालको माटो सुधार अभियानबाट कृषि उत्पादन बढाउन लागि परेको छु : हृदयराज गौतम

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २५, मंगलवार १९:२२
नेपालको माटो सुधार अभियानबाट कृषि उत्पादन बढाउन लागि परेको छु : हृदयराज गौतम
23
SHARES
258
VIEWS

कृषि प्रधान देश नेपाल अहिले कृषिमा परनिर्भरता बढी रहेको छ । पहिले चामल समेत निर्यात गर्ने देशमा अहिले आयातमा नै निर्भर हुनुपरेको छ । कृषिक्षेत्रमा आधुनिकीकरण र औद्योगिकरणतर्फ उन्मुख हुँदा किटनाशक विषादी र रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटोको उर्वराशक्ति घट्दै गएको छ । यसले कृषिमा उत्पादकत्व समेत कम हुदै गएको छ । पर्याप्त सिँचाईको सुविधा नहुँदा, बीऊ विजन, रासायनिक मल समेत समयमा पर्याप्त नपाउँदा किसानले खेती गर्न पाईरहेका छैनन् । त्यति मात्रै होईन किसानले उत्पादन गरेको कृषि उपजले पनि बजारमा उचित भाउ नपाउँदा दोहोरो मारमा परेका छन् । कृषिको उत्पादकत्व बढाउन र कम लागतमा बढी उत्पादन बढाउनका लागि माटोको स्वास्थ्यमा सुधार आवश्यक रहेको विज्ञहरु बताउछन् । नेपालको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादनमा ह्रास आउनुका साथै माटोको उर्वराशक्ति घट्दै गएको छ । अब कृषिको उत्पादकत्व बढाउन माटोको स्वास्थ्यमा नै सुधार ल्याउन के गर्नुपर्छ ? जर्मनका रसायनशास्त्री सर फ्रेज हावा (जस्ले दुनियालाई पहिलो रसायनिक मल दिएका थिए) बाट प्रभावित बारा(पर्साका पत्रकारहरु बिच नयाँ नाम होईन हृदय राज गौतम । तर उनी कृषि बैज्ञानिक पनि हुन् भन्ने धेरैसँग लुकेको कुरा हो, जैबिक मल सम्बन्धि ३ वटा अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जरनलमा प्रकाशित गरिसकेका हृदयराज गौतमसँग गरिएको कुराकानी :

१.तपाईं पत्रकारिता गर्दा गर्दै कता हराउनु भयो ?

हो, हामी ०४२/०४३ तिर ३ जनाको समूह,हृदय राज गौतम,रोशन पाठक र रमेश अग्रवाल मिलेर रमेश राज पाठक बनेर समाचार लेखन र मुद्दाहरु उठाउन थाल्यौं, पछि आफ्नै नामले पत्रकारिता गर्न थाले,‘जर्नालिज्म विथ मिसन’। बहुदलको पुनर्स्थापना पछि मिडियाको बाढि आयो, पत्रकारहरु बढे,समाजमा नैतिक धरातलहरु खस्किदै गए,मलाई समाचार श्रोतले दुरुपयोग गर्यो र नैतिकताको आधारमा पत्रकारिता छोडेँ।

ADVERTISEMENT

२. त्यो बेलाको पत्रकारिता बारे केही सुनौ न !

अहिले जस्तो साधन श्रोत र सुबिधा केही थिएन।न त श्रोतको सुलभता न माध्यमको सुलभता,न त छाप्ने प्रेसको सुलभता थियो। घटना बारे जानकारि दिने श्रोत सहज ढँगले खुल्थेनन,सम्पर्कका साधन सिमित थिए,पहुँच हुन्थेन, प्रशासनको डर हुन्थ्यो, छापाखानाहरु हत्पति तयार हुन्थेनन,तलब भत्ता थिएन, बिज्ञापन उठायो आधि पत्रिकालाई पठायो आधि आफुले राख्यो।त्यो पनि बिज्ञापनको सिजन आउनुपर्थ्यो, राजाको जन्मोत्सव,प्रजातन्त्र दिवस,सहिद दिवस,दशै,तिहार आदि,अनि त्यहि खर्चबाट बर्षभरि पत्रकारिता गर। आस्था थियो,जुझारुपना,लगनशिलता र पेशाप्रतिको सम्मान र आदर्श जस्ले प‌ैसा नभए पनि पत्रकारिता गराइ रहन्थ्यो।

३.कस्तो किसिमको अनुसन्धानमा ब्यस्त हुनुहुन्छ ?

Advertisment Advertisment Advertisment

हामी माटोसँग जोडिएको मान्छे,माटो नभई केही हुन्न,त्यसैले माटो बिग्रिएको छ,बिरामी छ त्यै माटोको स्वास्थ्यमा सुधार ल्याउने प्रयासमा लागिपरेको छु।

४. माटोको सुधार गर्ने भन्नू भो,माटो त सग्लै देखिन्छ, स्वस्थ्य नै देखिन्छ के बिग्रेको छ र माटोमा ?

ठिक भन्नू भो,माटो देख्दा त राम्रै देखिन्छ तर प्राबिधिक रुपले हेर्दा माटो अस्वस्थ्य छ। माटो अम्लिय भैसकेको छ,जस्को कारणले जैविक तत्व एकदम घटेर गएको छ,जस्को नतिजा किसानको प्राकृतिक साथि र हलो भनिने गँड्यौला भागेर ८ मिटर मुनिसम्म पुगेको रेकर्डछ।पानि पर्नासाथ खेतबाट मालाथिन र डिडिटिको गन्ध आउन थालेको छ।यसलाई सुधार्ने जोरजाम गर्दैछ हाम्रो अनुसन्धानले।

४.के के गर्दै हुनुहुन्छ र त्यस्को लागि ?
गाईबस्तु,पशुपालन ब्यवसाय हरायो कारण न चरिचरन छ न हेरालु छ,यस्तो अवस्थामा भोलिको दिनमा गोठेमल कहाँबाट आउला ? त्यसको समाधानार्थ हामीले त्यै गोबरलाई किण्वन गरेर हामीले झोल गोठेमल तयार गर्यौँ,रसायनको कारण माटो अम्लिय भएर जैबिक तत्व ह्रास भएकोले,त्यो अम्लिय माटोमा ससधार ल्याउन जैबिक तत्व चाहिन्छ त्यो जैबिक तत्व वृद्धि गराउन हामिले त्यो झोल गोठेमल एसिडोजेनिक ब्याक्टेरिया सहितको बनायौं।
५. त्यतिले माटोको सुधार होला त ?
अवश्य धेरै गर्नुछ,गर्दैछौ पनि। तेश्रो चरणमा हामिले माटोलाइ चाहिने,आइरन ,क्याल्सियम र पोटासियम सहितको झोल गोठेमल तयार गर्यौ।यश सम्बन्धि अनुसन्धान पत्र अन्तर्राष्ट्रिय जरनल ूजेटिरू मा प्रकाशित भै सकेको छ।

६.नेपाली किसानलाई दानेदार मल छर्ने बानि परिसकेकोछ,झोल झन्झटिलो हुदैन ररुअनि यी कहिले देखि बजारमा आउलान ?
अवश्य पनि अलिक झन्झटिलो छ। ट्याँकि वा झोल छर्किने साधनको ब्यवस्था गर्नुपर्यो तर तपाईंको कामयाब छोरो कुनै एउटा कारणले कमजोर भएपनि उस्को साथ छोड्नुहुन्न नि ।हो ठिक त्यसैगरि केही पालिकाले हाम्रो हौसला बुलन्द गरिरहनुभएको छ। हामी पनि हौसियर त्यो झोलमल लाई दानामा परिवर्तित गर्ने तयारिमा जुटेका छौ। रोगकिराको लागि बिषादि प्रयोग गर्नु नपरोस भनेर हामिले प्रोटिनलाइसिस विधि प्रयोग गरेर केही बिरुवाका प्रोटिन झिकि,बायोप्रोटिन बनायौं जस्ले बिरुवामा रोग ,किरा र ढुसी बिरुद्ध लड्ने क्षमताको बिकास गर्दछ। जहाँसम्म बजारिकरणको कुरा छ,हामी अहिले खुला बजारमा नदेखिएपनि विभिन्न पालिका र सँस्थाहरु मार्फत किसानका हातमा पुगिरहेकाछौं।
७.अन्त्यमा केहि भन्नू छ ?
धेरै जसो आवश्यक कुरा भनेसकेँ।जर्मनिको लिम्बर्गरहफ न पा को कृषि शाखाले आफ्नो पहलमा मल बनाउन शुरु गरेको हो,हामी भने सँघिय सरकारको मुख ताक्छौ,लाचारि देखाउछौ।किसान दाजुभाईलाइ तीनवटा कुरा शुत्रमा भन्न चाहन्छु।

१.पारिको होइन आफ्नै बारिको।
२.जैबिक खेती दीर्घ जिवनको ओखती।
३.कुराको खेती होइन,खेतीको कुरा गरौं।
अन्त्यमा मेरा कुराहरु राख्ने अवसर जुराई दिनुभएकोमा यहाँहरुलाई हार्दिक आभार !

Previous Post

राष्ट्रिय परिचयपत्र नियमावली संशोधन : व्यक्तिगत विवरणहरू एकपटक सच्याउन बाटो खुल्यो

Next Post

नाबालिका करणीको अभियोगमा मकवानपुरमा एक पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In