काठमाडौं । गम्भीर आर्थिक अपचलनसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार साँझ प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ।
प्रभु समूहका अध्यक्ष तथा नेकपा एमालेका पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका लागि बैंकमा छापा मारेको हो । भट्टचनलाई ९८ करोड रुपैयाँ ठगी गरेको उजुरीका आधारमा कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो।
ऋक्ष्द्य प्रमुख एआईजी डा। मनोजकुमार केसीले छापा मार्ने क्रममा बैंकका आवश्यक फाइलहरू प्रहरी नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। ूराष्ट्र बैंकसँग सहकार्य गरेर विस्तृत छानबिन सुरु गरेका छौं,ू उनले भने।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले गत वर्ष असोज ११ गते नै सरकारी वकिलको कार्यालयमार्फत दर्ता गराएको ठगीसम्बन्धी उजुरीको आधारमा भट्टचनलाई पक्राउ गरिएको हो।
उक्त उजुरी लामो समयसम्म प्रहरी परिसर काठमाडौंले अघि नबढाएपछि ऋक्ष्द्यले हस्तक्षेप गरेर अनुसन्धान सुरु गरेको थियो।
ऋक्ष्द्य स्रोतका अनुसार यो ठगी प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता पनि खुलेको छ र यसलाई संगठित अपराधको रूपमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ। प्रारम्भिक संकेतहरूले हालसम्म १८ करोडभन्दा बढी रकम अन्य माध्यमबाट पनि हेरफेर भएको देखाएको आयोगले जनाएको छ।
पूर्व सांसद तथा प्रभु समूहका अध्यक्ष भट्टचनको पक्राउ र त्यसपछि प्रभु बैंकको केन्द्रीय कार्यालयमा भएको यो छापाले देशको वित्तीय क्षेत्रमा ठूलो खलबली मच्चाएको छ।
