वीरगन्ज । मानव धर्म सेवा समितिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा स्थित मानव धर्म सेवा समितिको कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ४ जना महिला सहित ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका जितेन्द्र कुश्वाहले जानकारी दिए ।
उनका अनुसार रक्तदान गर्नेहरुमा मनिषा कुमारी माझी, कल्पना छत्कुली, मिनी सिंह , करिश्मा चौधरी, धिरेन्द्र चौधरी, किसन चौधरी लगायत रहेका छन् । कार्यक्रममा मानव धर्म सेवा समितिका शाखा प्रमुख सरयु वाईजी, शाखा अध्यक्ष बुद्धिमान उदास लगायत रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन र मानव धर्म सेवामा सबैभन्दा पुण्य काम पनि रक्तदान रहेकोले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।