वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीको म्याद नविकरण नगर्ने भएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, अर्थ मन्त्रालयको परिपत्र तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रेस विज्ञप्तिका आधारमा सरकारी कार्यालयहरूमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी प्रकृतिका (करार, ज्यालादारी आदि) कर्मचारीहरूको म्याद थप नहुने भएको हो।
वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णले २०८२ असोज २१ गतेको निर्णयानुसार जारी गरिएको सूचनामा उल्लेख भएअनुसार, ती कर्मचारीहरूलाई असोज मसान्तदेखि कामकाजमा नलगाउन सम्बन्धित सबैलाई सार्वजनिक सूचना जारी गरेको छ ।
नेपाल सरकार (मन्त्रीपरिषद) को २०८२ असोज ५ गतेको निर्णय र अर्थ मन्त्रालयको २०८२ असोज ७ गतेको परिपत्र तथा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको प्रेस विज्ञप्ति अनुसार उक्त निर्णय कार्यान्वयनका लागि सूचना जारी गरेको छ ।
यस निर्णयले अब सरकारी निकायहरूले स्थायी दरबन्दी बाहेकका अस्थायी कर्मचारीहरूलाई निरन्तरता दिन नपाउने स्पष्ट पारेको छ। सरकारले यसअघि नै विभिन्न निकायहरूमा अनावश्यक रूपमा राखिएका अस्थायी कर्मचारीहरूलाई हटाउने र प्रशासनिक खर्च घटाउने नीति लिएको थियो।
