वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलबीच भेटवार्ता भएको छ । प्रदेशको राजधानी जनकपुरधाममा, मुख्यमन्त्री सिंह र प्रदेश सभाका सभामुख मण्डलबीच शुक्रबार मुख्यमन्त्री निवासमा भेटवार्ता भएको हो।
भेटमा, जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका विभिन्न सरकारी कार्यालयमा भएको क्षतिको पुनर्निर्माण कार्यलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको छ मुख्यमन्त्री सिंहले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत भेटको जानकारी दिएका हुन् । साथै, प्रदेश सभाको प्रभावकारी सञ्चालन र अन्य समसामयिक राजनीतिक विषयहरूमा पनि महत्वपूर्ण कुराकानी भएको बताइएको छ।
यद्यपि मुख्यमन्त्री सिंहले जेनजीको आन्दोलनका क्रममा राजिनामा दिएको भएपनि आन्दोलनपछि बोली फेरेका छन् । उनलाई उनको पार्टीले नै स्पष्टीकरण पनि सोधेको छ । जनमत पार्टी मधेस प्रदेशले उनलाई बर्खास्त गर्न पनि अनुरोध गरेको समाचारहरु बाहिरिएको छ ।