• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, October 26, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

अविरल वर्षापछिको डुबानः पर्सामा सशस्त्र प्रहरीद्वारा कैदी, स्थानीय र १३२ गाईको सफल उद्धार

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ आश्विन १८, शनिबार १८:०० गते
अविरल वर्षापछिको डुबानः पर्सामा सशस्त्र प्रहरीद्वारा कैदी, स्थानीय र १३२ गाईको सफल उद्धार
19
SHARES
366
VIEWS

वीरगन्ज । पर्सा जिल्लामा असोज १८ र १९ गते परेको अविरल वर्षा र त्यसबाट सृजित डुबानको जोखिममा फसेका कैदी, स्थानीय बासिन्दा र पशु चौपायालाई सशस्त्र प्रहरी बल, नेपालले तत्कालै सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वाटर पर्साले उद्धार, राहत र सडक सुचारु गर्ने कार्य गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार असोज १८ गते, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वाटर पर्सा मातहतको कारागार सुरक्षा बेस वीरगन्जको सहयोगमा वीरगन्ज कारागार कार्यालयको बन्दी सुधार गृहमा जमेको पानी मोटर लगाएर फालिएको थियो।

पानी जमेपछि असहज बनेको वातावरणलाई सहज बनाइएको थियो। सोही दिन, सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका–२, लमहरियामा पानी निकास हुन नसक्दा डुबानमा परेका करिब १०/१२ घरका १५÷२० जना व्यक्तिलाई उद्धार गरी नजिकैका आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरेको थियो।

त्यस्तै असोज १९ गते, गणबाट खटिएको उद्धार टोलीले वीरगन्जका विभिन्न वडामा डुबानमा परेका परिवारको उद्धार गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

वीरगन्ज–१६, भुटनदेवी मन्दिर नजिक घर वरिपरि करिब ७/८ फिट पानी जमेपछि घर भत्किने जोखिममा रहेका दीपक श्रीवास्तवको चार जनाको परिवारलाई सकुशल उद्धार गरी छिमेकीको घरमा सुरक्षित सारिएको छ।

यस्तै, वीरगन्ज–१३, राधेमाईमा ज्वरोले बिरामी भएकी र डुबानका कारण अस्पताल जान नसकेकी रिज्वान खातुनलाई सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र कुमार साहको कमान्डमा खटिएको १६ जनाको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

यसका साथै वीरगन्ज–११, विद्यापति नगरका सात जनाको परिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैबीच, अविरल वर्षाका कारण सिर्सिया खोलामा पानीको बहाब बढेपछि वीरगन्ज–२४, रामगढवा स्थित वीरगन्ज गौशाला गाई फर्म डुबानमा परेको थियो।

फर्मभित्र करिब ३ फिट पानी पसेर फसेका १३२ वटा गाईहरूलाई सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको नेतृत्वको १७ जनाको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार कार्यसँगै असोज १८ गते, पर्सा, बिन्दवासिनी गाउँपालिका–२, गर्दौल स्थित वीरगन्ज(पोखरिया सडक खण्डमा ढलेको रूखलाई सुरक्षा बेस बहुअर्वाभाठ्ठाबाट खटिएको टोलीले हटाई बाटो सुचारु गराएको पनि सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

Previous Post

मन्त्रीपरिषद विस्तारमा जेनजी समूहबीच विवाद, गृह तथा कानून मन्त्री बन्न लागेपछि अर्यालको विरोध

Next Post

दुधौरा खोलामा टिकटक बनाउने क्रममा युवक बेपत्ता

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In