९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जमानतको माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन दर्ता गरेकी छन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले जमानत अस्वीकार गरेको थियो। पौडेलले सामाजिक सञ्जालमार्फत श्रीमानको जीवन सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तिबाट धम्की आएको दाबी गरेकी छन्।
उनले बिगो रकम बराबरको बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा सुन्न दिन माग गर्दै न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएकी छन्।