दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन खोज्नु गणतन्त्रका लागि खतरा हुने बताएका छन्।
प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा उनले सेनाको परमाधिपति भइसकेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किँदा गणतन्त्रप्रति अनास्था फैलिने उल्लेख गरे।
पोखरेलले माओवादीले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गरेको भन्दै सो निर्णय सच्याउनुपर्नेमा जोड दिए।