काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी प्रतिवेदन, २०८२ पेस गर्नेछ।
उद्योगमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट आएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्ने सम्भावना छ।