• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, May 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अनलाईन सञ्चार माध्यमका लागि गरिएको नयाँ व्यावस्थाको पत्रकार महासंघ र प्रेस सेन्टरको विरोध

by
प्रकाशित मिति : २०८२ श्रावण २२, बिहीबार १६:४५
अनलाईन सञ्चार माध्यमका लागि गरिएको नयाँ व्यावस्थाको पत्रकार महासंघ र प्रेस सेन्टरको विरोध
17
SHARES
189
VIEWS

काठमाडौं । सरकारले अनलाईन सञ्चार माध्यमका लागि गरिएको नयाँ व्यावस्थाको नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर नेपालले विरोध जनाएको छ । प्रेस स्वतन्त्रता र संघीयता विरोधी कदम भन्दै नेपाल पत्रकार महासंघ र प्रेस सेन्टरले सरकारको आलोचना गरेका छन्।

सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ मार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरेपछि यी दुई संस्थाले गम्भीर आपत्ति जनाएका हुन्।

नेपाल पत्रकार महासंघले संविधानको भावना र संघीय शासन प्रणाली विपरीत भएको भन्दै यो व्यवस्थालाई पञ्चायतकालीन प्रावधानको निरन्तरताका रूपमा लिएको छ।

ADVERTISEMENT

महासंघले सरकार र संघीय संसदको मिलेमतोमा सरोकारवालासँग छलफल नगरी ल्याइएको यो प्रावधान आपत्तिजनक र अव्यवहारिक भएको बताएको छ।

विभागले अनलाइन दर्ता र नवीकरणको काम स्थगित गर्दा करिब ५ हजार अनलाइन सञ्चारमाध्यम अन्योलमा परेको महासंघको भनाइ छ। महासंघले सरकारसँग तत्काल यो अन्योल हटाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै अन्यथा आन्दोलित हुने चेतावनी दिएको छ।

प्रेस सेन्टर नेपालले पनि सरकारको यो कदमले प्रेस स्वतन्त्रता खोस्न खोजेको र पश्चगमनको यात्रामा लागेको आरोप लगाएको छ। प्रेस सेन्टरका महासचिव मनोज घार्तीमगरले जारी गरेको विज्ञप्तिमा मिडिया काउन्सिल विधेयकको विरोध भइरहँदा अनलाइन दर्ताको नयाँ प्रावधान ल्याएर सरकारले प्रेस स्वतन्त्रता र संघीयता कार्यान्वयनमा आफ्नो अनुदारता प्रमाणित गरेको उल्लेख छ।

Advertisment Advertisment Advertisment

सेन्टरले जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ताको व्यवस्थाले मिडिया नियन्त्रण गर्न खोजिएको बताएको छ। प्रेस सेन्टरले संविधान र संघीयताले परिकल्पना नगरेको जिल्ला प्रशासनमा अनलाइन दर्ता गराउने व्यवस्थाले प्रदेशको अधिकार खोसिएको भन्दै यसलाई संघीयता विरोधी कदम भनेको छ।

साथै, छापामाध्यम एक पटक दर्ता भए पुग्ने तर अनलाइनलाई हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विभेदकारी भएको सेन्टरको ठहर छ। सेन्टरले आमसञ्चारसम्बन्धी एकीकृत कानुन (छाता ऐन) चाँडो बनाएर सबै प्रकारका सञ्चारमाध्यमलाई व्यवस्थित गर्न आग्रह गरेको छ।

साथै, विज्ञापन बोर्ड ऐन संशोधनमा मिडियाले पाउने रकमको ३ प्रतिशत काट्ने प्रावधान नहटाएकोमा पनि सेन्टरले आपत्ति जनाएको छ। सेन्टरले ३४ वर्ष पुरानो ऐन संशोधन गर्नुको साटो छाता ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

Previous Post

मधेसका सीमा नाकामा तस्कर र प्रहरीबीच द्वन्द्व बढ्यो, तीन जिल्लामा झडप र गोली प्रहार, एकको मृत्यु

Next Post

हेटाैंडामा लागूऔषधको मुद्दामा एक जना पक्राउ

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In