• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, May 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेसका सीमा नाकामा तस्कर र प्रहरीबीच द्वन्द्व बढ्यो, तीन जिल्लामा झडप र गोली प्रहार, एकको मृत्यु

by
प्रकाशित मिति : २०८२ श्रावण २२, बिहीबार १६:२५
मधेसका सीमा नाकामा तस्कर र प्रहरीबीच द्वन्द्व बढ्यो, तीन जिल्लामा झडप र गोली प्रहार, एकको मृत्यु

प्रतीकात्मक तस्वीर

5
SHARES
50
VIEWS

वीरगन्ज । मधेस प्रदेशको–नेपाल भारतको सीमाक्षेत्रमा सुरक्षाकर्मी र तस्करबीच विवाद चर्किदै गएको छ । बुधबार प्रहरीमाथि आक्रमण र झडपका घटना नेपालका विभिन्न ठाउँमा प्रहरीमाथि आक्रमण, झडप र गोलीका घटनाहरू भएका छन्। यी घटनामा प्रहरी, स्थानीय व्यक्ति र तस्करहरूबीच द्वन्द्व बढेको देखाएको छ ।

सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्युपछि स्थानीयद्वारा निरन्तर प्रदर्शन

सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले न्यायको माग गर्दै सडक अवरुद्ध गरेका छन्।

ADVERTISEMENT

मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार, नेपाल–भारत सीमा क्षेत्रमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूको समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि प्रहरीले ७ राउन्ड गोली चलाएको थियो।

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो। प्रहरीले घटनास्थलबाट ८० कार्टुन अवैध मदिरा बरामद गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप

Advertisment Advertisment Advertisment

धनुषामा पनि भारतबाट अवैध रूपमा भित्र्याइएको किराना सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। बुधबार साँझ करिब ८स्१५ बजे विदेह नगरपालिका क्षेत्रमा तस्करीका सामान नियन्त्रणमा लिँदै गर्दा तस्कर समूहले ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउन्ड हवाइ फायर गरेको थियो।

सशस्त्र प्रहरीका मधेश प्रमुख डीआईजी कृष्ण ढकालले मानवीय क्षति नभएको र अहिले अवस्था सामान्य रहेको बताएका छन्। सशस्त्र प्रहरीले भन्सार छलीका सामानसहित संलग्न व्यक्तिहरूको खोजीलाई तीव्र पारेको छ।

सर्लाहीको बलरामा प्रहरीमाथि आक्रमण

सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक (सई) सहित तीनजनामाथि अपराधिक समूहले कुटपिट गरेको छ। बुधबार राति करिब ९ः१५ बजे रामनगर गाउँपालिका–१, खैर्वाका रोहित कुमार सहनीलाई लुटपाट र कुटपिट गरेको जानकारी पाएपछि घटनास्थल पुगेका सई गौरीशंकर साहको टोलीमाथि बाटोमै आक्रमण भएको थियो।

प्रहरी स्रोतका अनुसार, आक्रमणमा सई साहको बायाँ हातमा गम्भीर चोट लागेको छ भने रोहित कुमार सहनीका सहकर्मी नवीन चौधरीको टाउकोमा चोट लागेको छ। प्रहरीले आक्रमणकारीहरू स्थानीय जब्दी टोलकै युवा भएको आशंका गरेको छ। घटनापछि आक्रमणकारीहरू फरार भएका थिए र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षबीचको झगडाको क्रममा सई साह र अन्य दुई जना सामान्य घाइते भएको जानकारी दिए। लुटपाटको विस्तृत विवरण भने अझै खुलेको छैन।

सीमाक्षेत्रमा प्रहरी र तस्करबीच हुने द्वन्द्वले समाजलाई भने त्रसित बनाएको छ । सप्तरीमा भएको घटनाले थप गम्भीर बनाएको छ । तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु समेत भएको घटनाले थप गम्भीर बनाएको छ । सीमाक्षेत्रमा सुरक्षाकर्मी र अपराधी समूहबीचको द्वन्द्वका विभिन्न कारणहरु हुनसक्ने पूर्व सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर थापा बताउछन् ।

उनी भन्छन्, ‘सुरक्षाकर्मीसँग अपराधीहरु त डराउनु पर्ने हो । तर, उनीहरुको पछाडि कुनै शक्तिको साथ पनि हुनसक्छ । त्यसैले उनीहरु सुरक्षाकर्मीमाथि नै जाईलग्न पछि पर्दैनन् । अर्को चाहिँ सुरक्षाकर्मीहरुको आफ्नै व्यवहारले पनि विवाद बढेको हुनसक्छ । किनभने पहिले खुला छोडिदिने र कडाई गर्न थालेपछि पनि उनीहरुबीच असझदारी हुने र विवाद बढेको हुनसक्छ । खुला सीमाका कारणले विभिन्न प्रकारका लागूऔषध प्रयोगकर्ता र ओसार पसार गर्नेहरुपनि हुन्छन् । उनीहरुका कारणले पनि सुरक्षाकर्मीहरुमाथि आक्रमण हुने गरेकोले सुरक्षाकर्मीहरुमा पनि आक्रोश बढ्नु स्वभाविक हो ।’

नेपाल–भारत सीमाक्षेत्रमा सर्वसाधरणको पनि आवत जावत बढी हुने गरेको छ । घरायसी सामान भारतीय बजारमा सस्तो पाउने भएकोले उतैबाट किनेर ल्याउने बेलामा तस्करलाई जस्तो व्यवहार गर्ने गर्दापनि सर्वसाधारणमा आक्रोश पैदा हुने गरेको छ । तर, सुरक्षाकर्मीमाथि नै आक्रमण भने तीनै सर्वसाधरणको आवरणमा तस्करीमा संलग्नहरुले नै गर्ने गर्छन् ।

 

Previous Post

औषधि व्यवस्था विभागद्वारा औषधि गुणस्तर सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक

Next Post

अनलाईन सञ्चार माध्यमका लागि गरिएको नयाँ व्यावस्थाको पत्रकार महासंघ र प्रेस सेन्टरको विरोध

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In