मकवानपुर । मकवानपुरको हेटौँडाबाट प्रहरीले लागूऔषध ट्रामाडोलको १५७ क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-२, लोकप्रिय चोकस्थित गणेश मन्दिर अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-१ घर भई हाल हेटौँडामा डेरा गरी बस्ने २० वर्षीय सुरेश थिङ र १९ वर्षीय सुजत थिङ रहेका छन्।
उनीहरूको साथबाट १५७ क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।