वीरगन्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका-५, शंकरसरैयामा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीले आरोपित श्रीमान् जितेन्द्र माझी मुसहरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, १७ साउन साँझ करिब ६स्३० बजे ३२ वर्षीय जितेन्द्र माझी मुसहरले मादक पदार्थ सेवन गरी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरलाई हात, मुक्का र लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।
घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट पुगेको अर्को टोलीले घटनास्थलको मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको छ।
पक्राउ परेका जितेन्द्र माझी मुसहरलाई ज्यानसम्बन्धी कसूर ९कर्तव्य ज्यान० मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए।