काठमाडौँ । नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का वरिष्ठ नेता माननीय वर्षमान पुनले गोल्स्टार जुत्ता कारखानाको भ्रमण गर्नुभएको छ। उहाँको यस गरिमामय आगमनले गोल्डस्टार परिवार गौरवान्वित भएको जनाएको छ।
गोल्डस्टार व्यवस्थापनले पूर्व अर्थमन्त्री पुनप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहयोग र सम्बन्ध निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ।
गोल्डस्टार नेपालको एक अग्रणी जुत्ता उत्पादक कम्पनी हो र यसले नेपाली बजारमा महत्वपूर्ण स्थान बनाएको छ। नेता पुनको भ्रमणलाई उद्योग क्षेत्रको विकास र प्रवर्द्धनका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ।
नेपालबाट निर्यात गर्ने उद्योगहरु मध्य गोल्डस्टार जुत्ता उद्योग पनि एक हो । यसले नेपालबाट भारत तथा तेश्रो मुलुकमा ठूलो मात्रामा बार्षिक गोल्डस्टार जुत्ता निर्यात गर्ने गरेको छ ।