१ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपाली नागरिकलाई आममाफी दिएको छ। इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद अल-अदाहको अवसरमा यूएई सरकारले उनीहरूको बाँकी सजाय मिनाहा गरेको हो।
यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। यो आममाफीले यूएईमा रहेका नेपाली समुदायमा खुसीको लहर ल्याएको छ।