• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, October 27, 2025
  • Login
  • Register
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

साउथजोन माविमा दाइजो प्रथाविरुद्ध विद्यार्थीद्वारा गीती नाटक प्रस्तुत, उपस्थित सबैलाई भावुक बनायो

by
प्रकाशित मिति : २०८२ असार ३१, मंगलवार १५:४० गते
साउथजोन माविमा दाइजो प्रथाविरुद्ध विद्यार्थीद्वारा गीती नाटक प्रस्तुत, उपस्थित सबैलाई भावुक बनायो
26
SHARES
284
VIEWS

वीरगञ्ज । “छोरी बोझ होइन, सम्मान हो।” यही भावनाले भरिएको एक सशक्त गीती नाटकले वीरगञ्जस्थित एक विद्यालयमा उपस्थित अभिभावक, अतिथि र विद्यार्थी सबैलाई भावुक बनायो।

विद्यालयको विशेष कार्यक्रममा प्रस्तुत गरिएको उक्त गीती नाटकमा विद्यार्थीहरूले मधेसमा जरो गाडेर बसेको दाइजो प्रथाविरुद्ध आवाज उठाएका थिए। कुनै पण्डितको भेषमा, कोही बाबुआमा र कोही सम्धी(सम्धिनाको भूमिकामा प्रस्तुत भएका विद्यार्थीहरूको अभिनय यति सशक्त थियो कि त्यो कुनै काल्पनिक अभिनयभन्दा पनि वास्तविक घटनाजस्तो लाग्थ्यो।

ADVERTISEMENT

गीत, संवाद र भावनात्मक दृश्यमार्फत दाइजो प्रथाले महिलाहरूको जीवनमा पार्ने असरलाई उजागर गरिएको थियो। एक छोरीको विवाहका नाममा उसको बाबुले भोग्नुपरेको आर्थिक पीडा, समाजको दबाब र अन्ततः विखण्डनतर्फ उन्मुख सम्बन्धहरूलाई कलात्मक तरिकाले मञ्चन गरिएको थियो।

कार्यक्रममा सहभागी अधिकांश अभिभावकको आँखा रसाएका थिए। कतिपयले नाटक सकिएपछि प्रतिक्रिया दिँदै भने, “यो नाटकले हाम्रो समाजको ऐनाजस्तै काम गर्‍यो।” विद्यालय प्रशासनले यस्तो सामाजिक विषयमा आधारित प्रस्तुति विद्यार्थीहरूको चेतना विकासका लागि निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्‍यो।

सामाजिक सन्देश बोकेको उक्त गीती नाटकले केवल मनोरञ्जन मात्र होइन, सोच बदल्ने प्रेरणा पनि दिएको छ। विद्यालय परिसरमा मंगलबार आयोजना गरिएको विद्यार्थी कल्याण परिषदका पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रममा गिती नाटक प्रस्तुत गरिएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले गरेका थिए । उनले शैक्षिक सत्र २०८२ का लागि नव–निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद्का पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित क्याप्टेन, हाउस लिडर्सहरूले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धतासहित शपथ लिए। सोही अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्वका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि विद्यार्थीका अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश कुमार उपाध्याय लगायतले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, केन्द्रीय विज्ञपरिषद सदस्य डा। हरिशंकर साह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल,

नेपाल इनोभेट सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक अशोक सङग्रौलाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले मार्च पास र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिएका थिए।

Previous Post

मन्त्री गुप्ताले राजिनामा दिदै भने, “प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही नबनून्”

Next Post

यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In