वीरगन्ज । सम्पत्ति विवरण नबुझाएका पर्साका शिक्षकहरूलाई जनही रु। ५,००० जरिवाना तिर्न निर्देशन दिइएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०८२।०३।०४ को निर्णय र मिति २०८२।०३।१२ को पत्रानुसार आर्थिक वर्ष २०८०।८१ मा तोकिएको समयभित्र सम्पत्ति विवरण पेश नगर्ने शिक्षकहरूलाई जरिमाना तोकेको हो।
निर्देशनअनुसार, जरिमानाको रकम सङ्घीय राजस्व खाता शीर्षक नं। १४३१२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोड नं.२०६००३५०१ उल्लेख गरी कुनै पनि सरकारी कारोबार गर्ने बैंकमा दाखिला गर्नुपर्नेछ।
शिक्षकहरूले जरिमाना बुझाएको सक्कल भौचर सहित आफ्नो सम्पत्ति विवरण खाममा राखी सम्बन्धित कार्यालयमा १५ दिनभित्र बुझाउनुपर्नेछ।
संकलित सबै सम्पत्ति विवरण खामहरू एकमुष्ट रूपमा ३० दिनभित्र किताबखानामा अनिवार्य आइपुग्ने गरी पठाउनसमेत अनुरोध गरिएको छ। यो निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार ४ गतेको निर्णय बमोजिम गरिएको हो।