काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर रु १६५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १४९ कायम भएको छ। हवाई इन्धनमा पनि प्रतिकिलोलिटर ५१ डलर वृद्धि भएको छ।
यो नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।