सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५, कोलगाउँकी एक ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार, गत मंगलबार (असार १० गते) राति साढे १० बजेतिर घरबाट करिब ४०० मिटर पर जंगलमा पुर्याएर पाँच युवाको समूहले बालिकाको बलात्कार गरी हत्या गरेको खुलेको छ।
पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिकाकै २२ वर्षीय लाक्पापासाङ तामाङ, २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा र २० वर्षीय दावा तामाङ छन्।
प्रहरीले उनीहरूमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। बालिकाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।