काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदै छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरिसकेको छ। सोही विषयमा पनि संसदलाई जानकारी गराउने सम्भावना रहेको बताइएको छ।
त्यसपश्चात विनियोजन विधेयकका विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ।