वीरगन्ज । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच महानिरीक्षक राजु अर्यालले एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
ठाडा मगरलाई मन्त्री परिषदको सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षकमा पदोन्नती गर्ने निर्णय गरेको थियो । सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले असार २ गते अनिवार्य अवकास पाएपछि रिक्त पदमा ठाडा मगरलाई बढुवा गर्न सिफारिस समितिले सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मन्त्रीपरिषदले पदोन्नती गर्ने निर्णय गरेको हो ।