काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच सम्झौता गराउन चाहेको र यसको सम्भावना रहेको बताएका छन्। यद्यपि, उनले ‘कहिलेकाहीँ उनीहरूलाई संघर्ष वा लडाईं लड्न छोडिदिनु पर्ने’ धारणा पनि व्यक्त गरेका छन्।
क्यानाडामा जी–७ शिखर सम्मेलनमा जान तयार हुँदै गर्दा ट्रम्पले दुई देशबीच बढ्दो द्वन्द्व कसरी समाधान गर्ने भन्ने प्रश्नमा भने, “सम्झौता हुनेछ भन्नेम म आशावादी छु। सम्झौताको समय आएको छ। के हुन्छ हामी हेर्दैछौँ। तर, कहिलेकाहीँ उनीहरूलाई लड्न दिनुपर्छ।” उनले अमेरिका र इरानसँग धेरै राम्रो सम्बन्ध भएको र इजरायल र इरानले एकअर्काप्रति उच्च आदर गर्ने बताए।
तर, ट्रम्पले इजरायललाई इरानमा हवाई हमला रोक्न नभनेको प्रष्ट पारे।
ट्रम्पको ‘केही समय लडिरहुन्’ भन्ने अभिव्यक्ति यसअघि रूस र युक्रेनबीचको द्वन्द्वको समयमा पनि प्रयोग भएको थियो। सो सन्दर्भमा उनले रुसको आक्रमणलाई दुई बच्चाहरूबीचको झगडासँग तुलना गरेका थिए।