काठमाडौं। नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त देशहरूमा रहेका सबै नेपाली नागरिकहरूलाई परिस्थितिप्रति सतर्क रहन आग्रह गरेको छ।
नेपालले दुवै पक्षलाई तनाव बढ्नबाट बच्न र शान्ति तथा स्थिरताका लागि मेलमिलापपूर्ण दृष्टिकोण अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “वार्ताका लागि कूटनीतिक माध्यमहरूको प्रयोगले स्थितिलाई तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”
मन्त्रालयले दोहा र तेल अभिभमा रहेका नेपाली नियोगहरू क्रमशः इरान र इजरायलमा रहेका नेपाली समुदायहरूसँग सम्पर्कमा रहेको पनि जनाएको छ।