काठमाडौं। अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले आज (शनिबार) चौथो ‘ईभी र्याली’ आयोजना गर्यो। बिहान बजे भृकुटीमण्डपबाट सुरु भएको र्याली विभिन्न शहरी मार्गहरू हुँदै पुनः भृकुटीमण्डपमै पुगेर सम्पन्न भएको छ।
र्याली काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गबाट सुरु भई भद्रकाली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, धोबीघाट, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर हुँदै जमलबाट फेरि भृकुटीमण्डप पुगेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलको उपस्थिति थियो।
अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतका अनुसार, ‘जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणको सचेतना सन्देश प्रवाह गर्नका लागि हामीले हरेक वर्ष ईभी र्याली गर्दै आइरहेका छौं।’ यस अभियानमा ३५ वटा कर्पोरेट हाउसहरूले सहकार्य गरेका छन्।
ईभी र्यालीको मुख्य प्रायोजकमा हुन्डाई रहेको थियो भने ग्लोबल आईएमई बैंक, टाटाको कर्व डट ईभी, प्रोटोन इमास, अर्थर, स्काईओयल, नेपाल विद्युत् प्राधिकरण, इन्ड्राभ, सेभ द चिल्ड्रेन लगायतका विभिन्न कम्पनी तथा संस्थाहरूले पनि यस कार्यक्रमलाई सहयोग गरेका थिए।