काठमाडौं। केही दिनयता देशभर उकुसमुकुस गर्मी बढेको छ, जसका कारण दिउँसोको समयमा बाहिर निस्कन सकस परेको छ। देशका कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार (जेठ २६) काठमाडौंको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन आइतबारको डिग्री सेल्सियसभन्दा बढी हो। काठमाडौंको हालसम्मकै उच्च तापक्रम डिग्री सेल्सियस हो। गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो।
महाशाखाले सोमबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियस मापन गरिएको छ। अन्य प्रमुख स्थानको तापक्रम यसप्रकार रहेको छ:
- धनगढी: डिग्री सेल्सियस
- भैरहवा: डिग्री सेल्सियस
- दिपायल: डिग्री सेल्सियस
- सिमरा: डिग्री सेल्सियस
- विराटनगर: डिग्री सेल्सियस
- जनकपुर: डिग्री सेल्सियस
- चन्द्रगढी एयरपोर्ट: डिग्री सेल्सियस
- वीरेन्द्रनगर: डिग्री सेल्सियस
- घोराही: डिग्री सेल्सियस
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।