नवलपरासी। जिल्ला प्रहरी कार्यालय नवलपरासीले पछिल्लो एक महिनाको अवधिमा करोड लाख हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटले उक्त सामान बरामद गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, बरामद गरिएका सामानहरूमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने ग्लास, कभर, एयरफोन गरी २८ लाख रुपैयाँ बढीको छ।
त्यस्तै, अन्य बरामद गरिएका प्रमुख सामानहरू:
- टायललगायतका अन्य सामान: लाख हजार बराबरको।
- किराना सामान: लाख हजार बढीको।
- फेन्सी सामान: लाख हजार बढीको।
- पशुपक्षीजन्य वस्तु: लाख हजार बढीको।
- पित्तलका मूर्ति: लाख हजार बराबरका।
- हार्डवेयर्स लगायतका सामान: लाख हजार बढीको।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। जिल्लाको महेशपुर, रमपुरवा, विस्नुपुरा, भुजहवा, रामनगर, गुठिप्रसौनी, बसैया लगायतका नाकाबाट अवैध सामान भित्रिने गरेकोमा पछिल्लो समय ती नाकामा प्रहरीको निगरानी बढाइएपछि ठूलो मात्रामा हुने अवैध सामान ओसारपसारमा कमी आएको बताइएको छ।