• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, September 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वाईसीएल सम्मेलनको अवधि बढ्यो, निर्वाचन अनिश्चित; प्रचण्डको सहमतिमा नेतृत्व चयनको सुझाव

by
प्रकाशित मिति : २०८२ जेष्ठ २२, बिहीबार ०८:०९ गते
वाईसीएल सम्मेलनको अवधि बढ्यो, निर्वाचन अनिश्चित; प्रचण्डको सहमतिमा नेतृत्व चयनको सुझाव
23
SHARES
252
VIEWS

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो सम्मेलनको अवधि बढेको छ। जेठ १८ देखि २० गतेसम्मको लागि तय भएको सम्मेलनको अवधि लम्बिएपछि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल आज (बिहीबार, जेठ २२) का लागि पनि बुक गरिएको छ।

वाईसीएलको सम्मेलनका लागि गठित निर्वाचन आयोगले बुधबार अबेर कार्यतालिका सार्वजनिक गरे पनि त्यसमा निर्वाचनको समय भने निश्चित गरिएको छैन। राति १० बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेर त्यसमा दाबी विरोधको समय बिहीबार १० बजेका लागि तोकिएको छ। १२ बजे उम्मेदवारको मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ।

ADVERTISEMENT

उम्मेदवार उपर दाबी विरोधको समय ४५ मिनेट छुट्याइएको छ, भने सवा २ बजेदेखि एक घण्टा उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। बिहीबार सवा ३ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।

मतदान सुरु हुने समय नतोकी कार्यतालिका सार्वजनिक गरिएपछि त्यसमा विरोध समेत भएको छ। अध्यक्षका आकांक्षी नवराज ऐरले निर्वाचनको समय निश्चित नगरी तालिका ल्याएकोप्रति हलमै विरोध जनाएका थिए। उनले अनलाइनखबरसँग भने, “मैले मञ्चमै गएर कार्यतालिकामा आपत्ति जनाएँ। उहाँहरूले संशोधित कार्यतालिका ल्याउँछु भन्नुभएको छ।”

सहमतिको खोजी, प्रचण्डको जोड:

सहमतिका लागि भनेर सम्मेलन अवधि बढाइए पनि मंगलबार प्रगति हुन सकेको छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेको हुँदा सहमति खोज्ने प्रयास भइरहेको संगठनका नेताहरूले जानकारी गराएका छन्।

वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अध्यक्ष सुवोध शेर्पाली बुधबार पनि पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए। लामो समयसम्मको छलफलमा अध्यक्ष प्रचण्डले “वाईसीएलमा सहमति गर्नुस्। चुनाव गरेको राम्रो हुँदैन। सहमति हुनै सकेन भने प्रक्रियामा जाने कुरा हुन्छ,” भनी सुझाव दिएको दीपशिखाले बताए। उनले थपे, “सहमति जसको नाममा गरे पनि हुन्छ, व्यक्ति यही भन्ने छैन। तपाईं दुई जनाले सहमति गरेर नाम ल्याउनुस् भन्नुभएको छ।”

प्रचण्डको चाहनाअनुसार अध्यक्षका आकांक्षीहरूलाई एकै ठाउँ राखेर दीपशिखा र शेर्पालीले छलफल गर्ने बताइएको छ। यद्यपि, हालसम्म आकांक्षीहरूलाई सँगै राखेर सामूहिक छलफल हुन सकेको छैन। दीपशिखाले बुधबारको दिन प्रतिनिधिहरूको नामावली रुजु गरेरै बितेकाले संयुक्त छलफल हुन नसकेको बताए।

वाईसीएलका नेताहरूले प्रतिनिधिहरूको संख्या भने फरक–फरक बताइरहेका छन्। इञ्चार्ज दीपशिखाले १ हजारदेखि १ हजार २०० सम्म प्रतिनिधि हुने बताएका थिए, तर त्यो संख्या बढेर १ हजार ४५० बढी पुगेको संगठनका नेताहरूको भनाइ छ।

Advertisment Advertisment Advertisment

अध्यक्षमा १३ आकांक्षी:

वाईसीएलका नेताहरूका अनुसार निर्वाचन हुने सम्भावना अति न्यून छ। निर्वाचनको विपक्षमा रहेको पार्टी हेडक्वाटर र सहमतिमा नेतृत्व गराउन खटिएका दीपशिखा र शेर्पाली दुवै पार्टी अध्यक्ष प्रचण्ड निकट भएकाले चुनाव हुने सम्भावना नदेखिएको सम्मेलन स्थलमा रहेका एक पदाधिकारीले बताए।

वाईसीएलको अध्यक्षका लागि १३ जना आकांक्षी छन्। उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग लगायत अध्यक्षको आकांक्षी छन्। अध्यक्षको दाबीकर्ताहरूमा कुँवर, ओली, ऐर, शाही र पुलामीको नाम बढी चर्चामा छ।

वाईसीएलका नेताहरूका अनुसार दीपशिखाले हालका उपाध्यक्ष केहरसिंह कुँवरलाई अध्यक्ष बनाउने चाहेको संस्थापन पक्षकै वाईसीएलका एक नेताले दाबी गरे। उनले भने, “केहरसिंहलाई अध्यक्ष, कर्म पुलामीलाई उपाध्यक्ष र गणेश शाहीलाई महासचिव बनाएर दीपशिखाले नयाँ नेतृत्व ल्याउन खोज्छन्। उनले भनेकै जस्तो सबै नहुने हुँदा सुवोध (वाईसीएलका हालका अध्यक्ष) ले चाहेका व्यक्तिहरू पनि मिलाएर कमिटी ल्याउँछन्।”

अध्यक्षका आकांक्षी प्रेम श्रेष्ठ मूल नेतृत्वका लागि दाबी गर्नेहरूको संख्या धेरै भएको हुँदा निर्वाचनको सम्भावना पनि उत्तिकै रहेको बताउँछन्।

पदाधिकारीमा ९९ जनाको दाबी:

उपाध्यक्षका लागि १० जना बढीले दाबी गरेका छन्। उपाध्यक्षमा अखिल शाही, नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, सुनील सुनार, मोहित विक, अनु कुँवर, शर्मिला तामाङ, अर्जुन साउद, अविलास लामा लगायत इच्छा राखेका छन्। अनन्त प्रकाश श्रेष्ठ, शिला नेपाल, साजन अधिकारी लगायतले उपमहासचिव पदको दाबी गरेका छन्।

महासचिव पदमा विपिन आचार्य, हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, कुमार आचार्य, शंकर पौडेल र शोभाराम भण्डारी गरी ८ जनाले दाबी गरेका छन्। राजीव गिरीले कोषाध्यक्ष पदको आकांक्षा राखेका छन्।

वाईसीएलको विधानको व्यवस्था अनुसार उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ८, सचिव १७ र कोषाध्यक्ष १ गरी ३५ जनाको पदाधिकारी हुनेछन्। ३५ जना हुने पदाधिकारीका लागि ९९ जनाले इच्छा देखाएका छन्। वाईसीएलको केन्द्रीय कमिटी २५१ जनाको हुने व्यवस्था गरिएको छ।

Previous Post

पोखरियामा तीन दिने युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

Next Post

मधेश प्रदेशमा ‘ट्राफिक जनचेतनामूलक सप्ताह’ सुरु: दुर्घटना न्यूनीकरणमा गृहमन्त्रीको जोड

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In