पर्सा। सशस्त्र प्रहरी र वन गस्ती टोलीले पर्साको पर्सागढी नगरपालिका–२ स्थित बागमारा जंगलबाट अवैध काठसहित चारवटा साइकल बरामद गरेको छ।
बागेश्वरी सशस्त्र प्रहरी बेस क्याम्पका इन्स्पेक्टर उकेस बुढाथापाको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोली र सब डिभिजन वन कार्यालय बडनिहारको टोलीले रातको समयमा तस्करहरूले सालको रुख काटेर साइकलमा बोकेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। बरामद सामग्रीमा थान कच्चा सालका गोलिया (करिब क्युफिट) र थान साइकल रहेका छन्।
बरामद काठ र साइकललाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ। घटनास्थलबाट तस्करहरू भने फरार भएका छन्। उनीहरूको पहिचान गरी खोजी कार्य जारी रहेको जमदार जितबहादुर तामाङले जानकारी दिएका छन्।