काठमाडौं । सरकारले करका दर तथा नीतिमा परिवर्तन गर्ने आर्थिक विधेयक संसदमा दर्ता गरिसकेपछि संशोधन गरेको छ। आयातित मदिरामा भन्सार दर घटाएको खबर सार्वजनिक भएपछि सरकारले विधेयकमा अनौपचारिक संशोधन गरेको हो।
सरकारले आगामी आर्थिक वर्षको आयव्यय विवरण सार्वजनिक गरेपछि त्यसका लागि स्रोत जुटाउने करका दरहरूमा गरेको हेरफेर आर्थिक विधेयकमा समावेश हुन्छ। यो विधेयक बजेटसँगै संसदमा पेश हुन्छ।
तर, सरकारले जेठ १५ (२०८२) मा संसदमा दर्ता गरेको विधेयक, अर्थमन्त्रालयको वेबसाइटमा रहेको विधेयक र अहिले संसद्को वेबसाइटमा उपलब्ध विधेयकमा मदिराका भन्सार दर फरक पारिएको छ।
यसअघि मदिराको भन्सार दर प्रतिलिटर परमाणमा लाग्ने गरेकोमा आर्थिक विधेयकले त्यसलाई प्रतिशतमा लगेको थियो। मदिराको कच्चा पदार्थ आयातमा यसअघि प्रतिलिटर रुपैयाँ भन्सार लाग्दै आएकोमा त्यसलाई प्रतिशतमा झारिएको थियो। त्यस्तै, तयारी मदिरा आयातमा प्रतिलिटर र का दरले भन्सार लिइँदै आएकोमा र शतप्रतिशत पुर्याइएको थियो। बियरमा प्रतिलिटर र वाइनमा भन्सार लाग्दै आएकोमा त्यसलाई प्रतिशत बनाइएको थियो।
तर, यसरी भन्सार दरमा गरिएको परिवर्तनपछि नेपालमा आयात हुने अधिकांश मदिराको भन्सार दर घट्न गएको थियो। त्यसले नेपाली उद्योगहरू नै धरासायी हुने भन्दै विरोध भएको थियो। मिडियामार्फत यो खबर बाहिरिएपछि सरकारले आर्थिक विधेयकमै परिवर्तन गरी नयाँ विधेयक दर्ता गरेको संसद सचिवालयका एक कर्मचारीले बताए।
नयाँ आर्थिक विधेयकमा भने भन्सार दरमा परिवर्तन गर्दै तोकिएको प्रतिशत वा यसअघि प्रतिलिटर लाग्दै आएको दर जुन बढी हुन्छ, त्यो लागू हुने उल्लेख छ। यस किसिमको भन्सार दरको अभ्यास विगतमा कहिल्यै भएको देखिन्न।
अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले भने, आर्थिक विधेयकमा केही त्रुटि भएकाले त्यसलाई सच्याइएको दाबी गरे। छपाइमा त्रुटि भएकाले त्यसलाई सच्च्याइएको बताउँदै खत्रीले करका दरहरूमा कुनै परिवर्तन नगरिएको दावी गरे। ‘हतारमा काम गर्दा कहिलेकाँही त्रुटि हुन्छन्,’ खत्रीले भने, ‘यस्तो त्रुटि सच्याउने अभ्यास विगत देखि नै चलिआएको हो।’