वीरगन्ज । वीरगञ्जस्थित कन्चंजंगा स्कुलमा आज विद्यार्थी परिषद्–२०८२ का नवनियुक्त पदाधिकारीहरूले भव्य समारोहका बीच शपथ ग्रहण गरेका छन्। विद्यालयको विधानलाई आत्मसात् गर्दै विद्यार्थीहरूको हित र विद्यालयको अनुशासन कायम राख्ने प्रतिबद्धताका साथ उनीहरूले शपथ लिएका हुन्। सोही अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पनि खादा र टीका लगाई हार्दिक स्वागत गरिएको थियो।
कार्यक्रममा नवनियुक्त विद्यार्थी परिषद्का सदस्यहरूलाई ब्याज वितरण गरिनुका साथै विभिन्न आकर्षक नृत्यहरू प्रस्तुत गरिएको थियो। विद्यार्थी परिषद्का पदाधिकारीहरूले विद्यालयको नियम र अनुशासन पालना गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न र नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालय परिवारमा घुलमिल गराउन महत्त्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा इनोभेटिभ सोसाइटी नेपालका अध्यक्ष कमल चौगाईंको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा मानवसेवा आश्रम वीरगञ्जका संयोजक देवेश मानवसेवा, रोट्रयाक्ट वीरगञ्जका पूर्व अध्यक्ष रेशु अग्रवाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व प्रधानाध्यापक बसन्त बुढाथोकीले गर्एरेका थिए, भने कार्यक्रमको सञ्चालन निर्देशक मार्टिन मोक्तानले गरेका थिए ।
कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका साथै शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो।