ढल्केबर । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले नेपालका ठूला कम्युनिष्ट नेताहरु पनि पुँजीवादी अर्थ व्यवस्थापमा फसेको टिप्पणी गरेका छन् ।
प्रेस सेन्टर मधेश प्रदेशको पाँचाँैं अधिवेशनबाट निर्वाचित कमिटिको शनिबार ढल्केबरमा भएको पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘कम्युनिष्टहरू भौतिकवादी हुनुपर्नेमा पथ छाडेर अध्यात्मवादमा हराउनु चिन्ताको विषय हो ।’
मालेमावाद र माक्र्सवादको विचारमा छु भन्ने माक्र्सवादको सिद्धान्त नमान्ने भएपछि ती असली माओवादी नहुने यादवको भनाई छ । बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले प्रमुख आतिथ्यता गर्दै उनले जनयुद्धकालमा जनमुक्ति सेना र खुल्ला परिवेशमा प्रेस सेन्टरले नेकपा माओवादीका लागि महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।
उनले प्रेस सेन्टरलाई नियमित रूपमा विकृति विरुद्ध मिसन पत्रकारिता गरिरहन आवश्यक रहेको सुझाव दिए । माओवादीका राम्रा नराम्रा दुवै पक्ष जनताका सामु पु¥याउन मधेश प्रदेशमा एउटा अनलाइन सञ्चार माध्यम नै दर्ता गराएर सञ्चालन गर्न इन्चार्ज यादवले सुझाव र निर्देशन दिए ।
विशिष्ट अतिथिहरूको मन्तव्य र प्रशिक्षण
बैठकमा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल गिरी, केन्द्रीय प्रचार विभाग सदस्य तथा अकोराबका बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, उपाध्यक्षहरू विवेक गौतम र लक्षमण खड्का, महासचिव मनोज घर्ती मगर, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राम कृष्ण अधिकारी, उपमहासचिव अनिल मिश्र, सचिव सुनिता बराल (भूगोल) र महिला सचिव अञ्जली थापाले महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपालको विधान, नियमित बैठकको आवश्यकता, विभाग र जिम्मेवारी बोधका लागि अति महत्त्वपूर्ण पक्षहरूमा जोड दिएका थिए । निवर्तमान उपमहासचिव हिरालाल चौधरीले पनि आफ्ना अनुभवहरू राखेका थिए ।
प्रमाणपत्र वितरण र सम्मान
बैठकमा मधेश प्रदेश समितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यसैगरी, पाँचौं मधेश प्रदेशको समिति निर्वाचन समितिमा भूमिका निर्वाह गर्ने निर्वाचन समितिलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो। बैठकमा स्वागत संगठनका उपाध्यक्ष रामएकवाल महराले र सञ्चालन महासचिव जिवछ यादवले गरेका थिए ।
बैठकबाट पारित महत्वपूर्ण निर्णयहरू
बैठकले विभिन्न समितिहरू बनाउने लगायतका महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ। संगठनको खाता सञ्चालन गर्ने, कोष स्थापना गर्ने, प्रति महिना दुई सय लेबी संकलन अनिवार्य गर्ने, कार्यालय र सचिवालय गठन गर्ने, न्यू मिडिया समितिको गठन, संगठन विभाग गठन गर्ने, प्रत्येक तीन महिनाको फरकमा नियमित बैठक बस्ने निर्णय गरेको छ । त्यस्तै मासिक भर्चुअल बैठक गर्ने, अनुशासन समितिको संयोजकमा अशेष ढुंगानालाई मनोनयन गर्ने र महिला उपाध्यक्षमा रिक्त पदमा रौतहटकी मञ्जु साह (रानी) लाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटेको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव जीवछ यादव उदासीले गरेका थिए ।