काठमाडौं । नेपालको सेयर बजारमा हालसम्म देखि कित्तासम्मको सेयर किन्न र बेच्न लगानीकर्तालाई सकस पर्ने गरेको छ। कम्पनीहरूले दिने बोनस सेयर, हकप्रद सेयर वा पहिले झुक्किएर पूरा सेयर बिक्री नहुँदा डिम्याट खातामा यस्ता थोरै कित्ताका सेयर थुप्रिने गर्छन्। यसले लगानीकर्तालाई दोहोरो, तेहरो ब्रोकर कमिसन र डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना गरेको छ।
तर, अब यो समस्या चाँडै समाधान हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी देखि कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार प्राविधिक टिमसँग यसबारे छलफल भइरहेको छ।
हाल देखि कित्तासम्मको कारोबारलाई ‘अड लट’ कारोबार भनिन्छ। यस्तो कारोबारको आदेश मार्केट डेप्थमा नदेखिँदा किनबेच संयोगले मात्रै हुने गरेको थियो। पराजुलीले भने, “अड लट मूल कारोबार होइन, यो कारोबारले कुनै पनि सूचक र त्यो कम्पनीको मूल्यलाई असर पार्दैन। अब यस्तो सेयर पनि मार्केट डेप्थमा देखिने र कारोबारमा सहज गर्ने गरी तयारी गरेका छौँ।”
यो नयाँ व्यवस्था लागू भएपछि लगानीकर्ताले सहजै अड लट सेयर किनबेच गर्न सक्नेछन्। यद्यपि, यसरी हुने अड लट कारोबारले कुनै पनि सूचकलाई भने प्रभाव पार्ने छैन।