काठमाडौं। चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअगावै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको जिकिर गरेका छन्।
सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन्, ‘म कार्यक्रम स्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रम स्थलमा मेरो कुनै भूमिका पनि भएन।’
आफू सुरुमा कार्यक्रम स्थलमा जाने स्थिति समेत नभएको भन्दै उनले नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व लिएर आयोजना गरेको बताए। उनले आफूले संविधानले व्यवस्था गरे बमोजिमको प्रक्रियाभन्दा बाहिर गएर कुनै कार्य नगरेको र ‘संविधानको अधिनभित्र रहेर कार्यहरु गरेको छु’ भन्ने जिकिर गरेका छन्।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्ने र विगत ५ वर्षदेखि पटकपटक भेट भइरहेको समेत बताएका छन्। चैत १५ को प्रदर्शनको एक दिनअघि पनि भेट भएको उनले स्वीकारे। ‘पृथ्वीनारायण शाहले आर्जेको देश भएकाले तपाईं पुनः आउनुपर्यो भनेर म पटकपटक भेट्न गएको हुँ,’ उनले बयानमा उल्लेख गरेका छन्।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३