काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले जानकारी दिएअनुसार, आन्दोलनका ‘जनकमान्डर’ भनिएका दुर्गा प्रसाईंसहित हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
चैत १५ गतेको हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ।
राजासंस्था पक्षधरहरूले गरेको उक्त प्रदर्शनको कमान्ड विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए।