धनुषा । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुख खोलेका छन्। शनिबार धनुषामा कार्यकर्तासँगको छलफलमा उनले आफूले गलत काम गरेको भए राजनीतिमा नदेखिने बताए।
उनले आफूमाथि लागेका आरोपबारे ठीक ढंगले कुरा राख्ने र पार्टीका साथीहरूको मन सानो हुने वा टाउको निहुरिने काम नगर्ने प्रतिज्ञा गरे।
“जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ,” लेखकले भने। उनले दुई/चार दिनमा आरोपबारे बोल्ने र आजै काठमाडौं पुगेपछि मन्त्रालयले विज्ञप्ति निकाल्ने जानकारी दिए।