काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ।
बुधबार बिहान करिब ८ बजे ग्यास लिक भएर आगलागी सुरु भएको थियो। आगलागीलाई दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
आगलागीबाट क्यान्टिनमा रहेका सामानहरू जलेर नष्ट भएका छन्। यसबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।