राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितमाथि राजनीति नगर्न आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।
पीडितलाई सिंहदरबारमा ‘नो इन्ट्री’ भनिएकोप्रति असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले आफ्नो पार्टीको साहु–महाजन जोगाउन मिटरब्याज पीडितमाथि राजनीति भइरहेको बताइन्।
उनले मिटरब्याज पीडितले न्याय कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरिन्। श्रेष्ठले भनिन्, ‘श्रीमान् गौरीबहादुर कार्कीले दिएका सुझावहरू तथा श्रीमान् तेजबहादुर कार्कीको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने हो भने वा कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत मिटरब्याज पीडितको समस्या समाधान हुन्छ। तर, त्यसका लागि मान्छे थुन्नुपर्यो। आफ्नो अर्को भन्नु भएन। तर पीडितलाई पीडित बनाइरहेको छ अहिले। कतिन्जेल आन्दोलन गराइरहने। आयोगमाथि आयोग थप्ने। पीडितको समस्या गिजोलिरहने। राज्यको नीति कस्तो हो?’