वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ८१ हजार ४९० थान ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट बरामद गरेको हो।
सिंहका अनुसार लागूऔषध बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्तिहरू प्रहरी देख्नासाथ ट्याब्लेट छाडेर फरार भएका थिए। बरामद गरिएको ट्याब्लेटको बजार मूल्य करिब सात लाख चार हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
सशस्त्र प्रहरीले बरामद गरिएको लागूऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ भने फरार तस्करहरूको खोजी कार्य जारी रहेको जनाएको छ।