काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ। यो फैसलासँगै ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन्।
न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको उक्त फैसला बदर गरेको हो। यसअघि राप्रपा नेता ओलीलाई चेक अनादरको आरोपमा ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाइसकेको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो।