काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ। यद्यपि, कारोबार रकममा भने वृद्धि देखिएको छ।
आज आठ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। गत बिहीबार सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।
आज १०० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर रहेको छ। आज ओम मोगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यता, कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटा समूहमध्ये होटेल तथा पर्यटन, माइक्रोफाइनान्स र ‘अन्य’ समूहको परिसूचक बढेको छ। होटेल तथा पर्यटन समूहको १.११ प्रतिशत, माइक्रोफाइनान्सको ०.२७ प्रतिशत र ‘अन्य’को परिसूचक ४.१९ प्रतिशतले बढेको छ।