रञ्जि पाण्डेय
वीरगन्ज । अस्थायी ट्राफिक प्रहरी पोष्ट परवानीपुरले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको निर्देशन अनुसार परवानीपुर गाउँपालिका वडा नं.–५ गण्डक चौकमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक प्रहरी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रहारी वरिष्ठ निरीक्षक गोपाल राईको कमाण्डमा खटिएको प्रहरी टोलीले सडकमा सवारी चलाउने तथा पैदल हिड्नेहरुलाई पनि ट्राफिक नियमको बारेमा सचेत गराएका थिए ।
उनीहरुले सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरादेखि सर्वसाधरणले सडक बाटो काट्ने क्रममा ध्यान दिनुपर्ने र पालना गर्नुपर्ने नियमको बारेमा जानकारी गराएका थिए । सडक दुर्घटनामा व्यक्तिका अकालमा ज्यान जाने घटनाहरु हुने गरेकोले ट्राफिक सचेतनाको अभावमा यस्ता घटना हुने गरेको बताउदै सचेतना कार्यक्रमको आयोजना गरिएको प्रहरी बरिष्ठ सहायक निरीक्षक राईले बताए ।
सचेतना कार्यक्रममा सहित स्थानिय व्यक्तिहरू, बुद्धिजीवी गरी करिब २०–२५ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य ट्राफिक नियमको पालना, सडक सुरक्षा तथा नागरिक सचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ। सहभागीहरूले ट्राफिक नियमको ज्ञानमूलक जानकारी लिएर यस्ता कार्यक्रमहरू निरन्तर गरिनु पर्ने माग समेत गरेका थिए।