• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

नेपाल १० हजार शान्ति सैनिक खटाउन तयार: रक्षामन्त्री राई

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ २, शुक्रबार १६:३० गते
नेपाल १० हजार शान्ति सैनिक खटाउन तयार: रक्षामन्त्री राई
21
SHARES
234
VIEWS

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजारसम्म शान्ति सैनिक खटाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। जर्मनीको बर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिपिङ मिनिस्टरियल, २०२५’ मा रक्षामन्त्री मानवीर राईले उक्त प्रतिबद्धता जनाएका हुन्।

रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार, रक्षामन्त्री राईले सन् १९५८ देखि नै नेपालले बिनाकुनै सर्त निरन्तर शान्ति सैनिक खटाउँदै आएको उल्लेख गरे। उनले संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको र ‘र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप’ आयोजना गर्न समेत तयार रहेको बताएका थिए।

ADVERTISEMENT

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका रक्षामन्त्री राईले ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको उपस्थितिमा नेपालको तर्फबाट मन्तव्य राखेका थिए। उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।

आफ्नो सम्बोधनका क्रममा रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पुर्‍याएको दाबी समेत गरे। उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता रहेको जनाउँदै हाल विभिन्न ११ वटा शान्ति मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली शान्ति सैनिक खटिएको बताए। शान्ति सेना खटाउने मुलुकहरूमा नेपाल हाल पहिलो स्थानमा रहेको पनि उनले जनाए।

शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमा समेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेका रक्षामन्त्री राईले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति मिसनहरूको प्रभावकारिता अभिवृद्धिका लागि भइरहेका प्रयासहरूमा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए। हाल शान्ति स्थापना कार्यको सुधार र सबलीकरणका लागि भइरहेका प्रयासहरूको उनले सराहना गरे।

शान्ति मिसनहरूमा महिलाहरूलाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिई कार्यान्वयन गर्दै आएको दाबी गर्दै उनले राष्ट्रसंघीय शान्ति स्थापना कार्यलाई थप बलियो, सुरक्षित र प्रभावकारी बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

Advertisment Advertisment Advertisment
Previous Post

प्राविधिक समस्याले बिजुली अवरुद्ध, लोडसेडिङ नहुने प्राधिकरणको दाबी: कार्यकारी निर्देशक शाक्य

Next Post

नौतन गण्डकमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In