• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, May 15, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

उद्योग वाणिज्य महासंघहरूको संयुक्त चेतावनी : अनिवार्य MRP ले बजार ध्वस्त पार्ने निश्चित!

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८२ जेष्ठ १, बुधबार १९:१८ गते
उद्योग वाणिज्य महासंघहरूको संयुक्त चेतावनी : अनिवार्य MRP ले बजार ध्वस्त पार्ने निश्चित!
1
SHARES
9
VIEWS

वीरगन्ज । स्वदेशमा उत्पादित तथा आयातित सबै वस्तुमा अनिवार्य (अधिकतम खुद्रा मूल्य) सहितको लेबल लगाउनुपर्ने सरकारी निर्णयको निजीक्षेत्रले कडा विरोध गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, काठमाडौं वाणिज्य संघ र सिद्धार्थनगर उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अनिवार्य को विरोध गरेका हुन् । विज्ञप्तिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८१ चैत्र १४ गते जारी गरेको राजपत्रको सूचना र त्यसलाई २० गतेदेखि अनिवार्य गरिएको प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

ADVERTISEMENT

कोभिड–१९ र विश्वव्यापी आर्थिक मन्दीले थलिएका उद्योग, व्यापारहरू जेनतेन चलिरहेको अवस्थामा सरकारले राहत दिनुको सट्टा नयाँ प्रावधान लागु गर्दा व्यवसाय बन्द हुने खतरा बढेको संघहरूको ठहर छ। अनिवार्य MRP को प्रावधानले उपभोक्ताको हित संरक्षण गर्नुको साटो उल्टै ठगी बढ्ने दाबी विज्ञप्तिमा गरिएको छ।

खानेपानीको उदाहरण दिँदै MRP तोकिनुअघि २५ देखि ३५ रुपैयाँमा पाइने जारको पानी अहिले ५० रुपैयाँमा बिक्री भइरहेको संघहरूले औंल्याएका छन्। भौगोलिक विविधता र विकटताका कारण ढुवानी खर्चमा हुने भिन्नताले पनि अनिवार्य MRP अव्यावहारिक रहेको विज्ञप्तिमा उल्लेख छ।

चामल उत्पादन हुने वीरगञ्जमा प्रति बोरा २००० रुपैयाँ पर्ने भए पनि ढुवानी गर्दा हुम्ला–जुम्लामा ३००० रुपैयाँसम्म पुग्ने उदाहरण दिँदै एउटै MRP कसरी कायम गर्ने भन्ने प्रश्न संघहरूले उठाएका छन् । ढुवानी खर्च परिवर्तन भइरहने भएकाले MRP पनि बारम्बार परिवर्तन गर्नुपर्ने बाध्यताले थप जटिलता निम्त्याउने उनीहरूको भनाइ छ।

MRP तोक्नुअघि पर्याप्त गृहकार्य नभएको र हचुवाको भरमा ७ दिनको समय दिएर निर्णय लागु गर्दा बजारमा ठूलो समस्या आउने चेतावनी दिइएको छ। उत्पादित स्टक र बजारमा गइसकेको सामानको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल कायमै रहेको विज्ञप्तिमा उल्लेख छ।

संघहरूले कम्तीमा ३ वर्षको स्पष्ट समय दिएर, संघीय सरकार, उद्योग वाणिज्य संघ, उपभोक्ता संघ र स्थानीय सरकारको सहकार्यमा व्यापक प्रचारप्रसार गरी अति आवश्यक वस्तुमा मात्र MRP लागु गर्न सुझाव दिएका छन् । हठात् रूपमा MRP तोक्दा बजारको बिक्री वितरण प्रणाली नै टुट्ने डर रहेको उनीहरूको भनाइ छ।

भौगोलिक विकटता र महँगो ढुवानी भाडा भएको नेपालजस्तो मुलुकमा देशभर एउटै MRP कायम गर्न सम्भव नभएको र यसले उपभोक्ता ठगी बढ्ने निश्चित रहेको निष्कर्ष निकाल्दै संघहरूले सम्बन्धित सबै निकायसँग व्यापक छलफल गरी हाल जारी गरिएको सूचना खारेज गर्न र बजारलाई चलायमान बनाउन जोडदार माग गरेका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

पर्सा प्रहरीले एकै दिन १९५ जना अदालतमा पेश ग-यो

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In