काठमाडौं । रक्सी र चिनी कलेजोको लागि हानिकारक भए पनि, केही बीउमा आधारित खाने तेलहरू कलेजोको लागि अझ बढी हानिकारक हुन सक्छन्। स्वास्थ्य विज्ञहरूका अनुसार सूर्यमुखी तेल, कुसुमको तेल र भटमासको तेल कलेजोको लागि निकै घातक साबित हुन सक्छन्।
यी तेलहरूमा ओमेगा ६ फ्याटी एसिडको मात्रा धेरै हुन्छ, जसलाई लिनोलिक एसिड पनि भनिन्छ। शरीरलाई थोरै मात्रामा यो एसिड आवश्यक भए पनि, अत्यधिक मात्रामा यसको सेवनले शरीरका कोशिकाहरूमा सूजन पैदा गर्न थाल्छ। यो सूजन बढ्दै गएर कलेजोमा घाउ बनाउन सक्छ। यसले कलेजो मात्र नभई शरीरका अन्य अंगहरूलाई पनि नकारात्मक असर गर्छ र विभिन्न रोगहरू निम्त्याउन सक्छ। ओमेगा ६ फ्याटी एसिडको उच्च मात्राले कलेजोमा अक्सिडेटिभ तनाव बढाउँछ, जसले कलेजोमा क्षति हुने जोखिम बढाउँछ।
सूर्यमुखी, कुसुम र भटमासको तेल बाहेक अन्य धेरैजसो बीउको तेल भने लाभदायक हुन्छन्। किनकि ती तेलहरूमा ओमेगा ३ फ्याटी एसिडको मात्रा बढी हुन्छ भने ओमेगा ६ फ्याटी एसिडको मात्रा कम हुन्छ। जैतुनको तेल, तोरीको तेल र सूर्यमुखी तेललाई तुलनात्मक रूपमा फाइदाजनक मानिन्छ। यदि तोरी र जैतुनको तेल चिसो विधिबाट निकालिएको हो भने यी तेलहरू स्वास्थ्यका लागि सर्वोत्तम हुन्छन्।
तर, तेललाई तताएर बनाइएको खण्डमा त्यसले फाइदाको सट्टा हानि गर्न थाल्छ। यसबाहेक, रिफाइन्ड तेल पनि स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ र यसको दैनिक सेवन गर्नु हुँदैन। अत्यधिक तापमा रिफाइन्ड तेल प्रयोग गर्दा यसले थप नकारात्मक असर गर्छ।