काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले कृषि क्षेत्रमा गहिरो संकट निम्त्याउने र यसले गर्दा सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने प्रक्षेपण गरिएको छ।
युरोपेली केन्द्रीय बैंकले गरेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण अनुसार, बढ्दो तापक्रमका कारण विश्वभर वार्षिक ०.५ देखि १.२ प्रतिशतको दरले मुद्रास्फीति बढ्ने अनुमान छ। यसले आगामी १० वर्षमा खाद्यान्नको मूल्यमा ठूलो वृद्धि हुने देखाएको छ।
उता, जलवायु परिवर्तनले तापक्रम बढाउँदा मानिसको निद्रामा पनि गम्भीर असर परिरहेको छ। चीनको फुडान विश्वविद्यालयले गरेको एक अनुसन्धान अनुसार, कुनै पनि रातमा १० डिग्री सेल्सियस तापक्रम बढ्दा पर्याप्त निद्रा नपुग्ने सम्भावना २० प्रतिशतले बढ्छ। अनुसन्धानकर्ताहरूले यस शताब्दीको अन्त्यसम्ममा चीनका प्रत्येक व्यक्तिले वार्षिक ३३ घण्टासम्म निद्रा गुमाउन सक्ने अनुमान गरेका छन्।