काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरमा विष्णु कुमार श्रेष्ठको पसलमा जुवा खेलिरहेको अवस्थामा भिम प्रधानसहित ४ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। प्रहरीले उनीहरुबाट नगद १३ हजार ७ सय ६० रुपैयाँ र एक बुक तास बरामद गरेको छ।
यसैगरी, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवा खेलिरहेको अवस्थामा अमर तामाङसहित ७ जनालाई पनि शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले नगद ८८ हजार ४ सय २५ रुपैयाँ र एक बुक तास बरामद गरेको हो।
त्यस्तै, चाँगुनारायण नगरपालिका-१ दुवाकोट वेशीमा तुलसी वलीको खाजा घरमा जुवा खेलिरहेको अवस्थामा तुलसीसहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुबाट नगद ५४ हजार ६ सय ५० रुपैयाँ र एक बुक तास बरामद गरेको छ।
प्रहरीले यी घटनाहरुबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।