काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीता जयन्तीको अवसरमा सार्वजनिक बिदाबारे सांसदहरूले उठाएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सरकार सबै संस्कृतिको सम्मान गर्छ भने।
उनले भने, “हामी सबैले आदर गर्ने जगत् जननी सीताको जन्मजयन्ती अत्यन्त महत्त्वपूर्ण पर्व हो। सरकारले सबै जातजाति, धर्म, संस्कृति र परम्परालाई सम्मान र सम्बर्धन गरिरहेको छ।”
सदनमा सांसदहरूले जानकी (सीता) जयन्तीको दिन सार्वजनिक बिदा नदिएको भन्दै प्रश्न उठाएका थिए।
जवाफमा गृहमन्त्रीले भने, “आगामी दिनमा सार्वजनिक बिदाको पुनरावलोकन गरी वस्तुनिष्ठ बनाउँदा माननीयज्यूहरूले उठाउनुभएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनेछ।”
वैशाख २३ गते प्रतिनिधिसभामा बोल्ने सांसदहरूले जानकी जयन्तीको दिन सार्वजनिक बिदा दिन माग गरेका थिए भने मधेश प्रदेशमा सो दिन सार्वजनिक बिदा दिइएको थियो।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३