काठमाडौं । दुई दिन लगातार बढेको सेयर बजारमा आज बिहीबार पुनः गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२ अंकले घटेको छ। यो ०.४५ प्रतिशतको गिरावट हो र नेप्से २६६१.६४ विन्दुमा आइपुगेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज ११ अर्ब ६५ करोड १७ लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर किनबेच भएको छ।
आज ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। कारोबारमा आएका ३१५ वटा कम्पनीमध्ये कुनै पनि स्थिर रहेनन्। १ लाख ३ हजार ३१९ पटक शेयर किनबेच भएको छ।
यद्यपि, फाइनान्स समूहमा भने आज उछाल देखिएको छ र यो ४.३० प्रतिशतले बढेको छ। जीवन बीमा समूहमा सबैभन्दा कम ०.०१ प्रतिशतको वृद्धि भएको छ। समग्रमा आज ५ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको घटेको छ।