सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा आज विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन्। तिनपाटन गाउँपालिका -२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको भ्यान दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ र उनीहरुलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइँदैछ। अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ। प्रहरी उपरीक्षक सुवेदीका अनुसार भ्यानमा २५ जना सवार रहेका थिए र भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।