काठमाडौं । भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाहीका लागि ‘अपरेसन सिन्दूर’ नाम रोज्नुको पछाडि धार्मिक प्रतीकात्मक कारण रहेको सीएनएनले जनाएको छ।
‘अपरेसन सिन्दूर’मा सिन्दूर शब्दले हिन्दू महिलाले विवाहपछि निधारमा लगाउने रातो रंगको पाउडरलाई जनाउँछ। भारत नियन्त्रित कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंककारी हमलामा धेरै महिलालाई विधवा बनाइएको थियो।
यस हमलापछि आफ्नो मृत पतिको शवको छेउमा पल्टिएकी एक महिलाको तस्बिर भाइरल भएको थियो। उक्त तस्बिर आक्रोश र पीडाको प्रतीक बनेको थियो।
भारतीय रक्षामन्त्री र विदेशमन्त्री दुवैले सामाजिक सञ्जाल एक्समा रातो सिन्दूरको चित्रसहित यस अभियानको नामको सांकेतिक भाव पोस्ट गरेका छन्।
विदेशमन्त्री एस. जयशंकरले एक्समा लेखेका छन्, “विश्वले आतंकवादप्रति शून्य सहनशीलता देखाउनैपर्छ।”
रक्षामन्त्री राजनाथ सिंहले पनि हिन्दीमा पोस्ट गर्दै भनेका छन्, “भारतको जित।”
सीएनएनबाट ।